धर्मनिरपेक्षताको जालो
नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय तथा बहुआस्थावान् देश हो । कुनै न कुनै आस्थामा रहेर आप्mना इष्टदेव प्रति श्रद्धाभाव र समर्पण राखी जनताको सेवा नै जनार्दनको सेवा हो भन्ने भावले एक अर्काका परिपूरक भई सेवा र सहयोग गर्दै आईरहेका छन् । हिजो सम्म को कुन धर्म पन्थ या सम्प्रदायमा आबद्ध छ भनेर कोही कसैले छुट्याएर व्यवहार गरेको पाईएको थिएन भने आज धर्मनिरपेक्षता घोषणा पश्चात् अनुहार हेर्ने बित्तिकै अलग्गै छुट्याएर हेर्ने र व्यवहार गर्ने गरेको स्पष्ट अनुभव जनताहरुले गरेको देखिन्छ । यति मात्र नभई धर्मनिरपेक्षताको आडमा बहुआस्थावान् जनसमुहको आस्था माथि प्रश्न खडा गरी मौलिक परम्परा माथि अनास्था गराई व्यापकरुपमा आज गाउँसमाजमा धर्मपरिवर्तन गरेर नेपालको वास्तविक पहिचानलाई समेत सिद्ध्याउँदै लगेका छन् ।
बेलाबेलामा आवाज उठे पनि राजनैतिक पहँुचको आडमा धर्मपरिवर्तनकारीहरुलाई उन्मुक्ति दिइरहेको अवस्था सबैलाई थाहै छ । जनआन्दोलनले उठाउँदै नउठाएको विषय धर्मनिरपेक्षता भन्ने शब्दलाई अन्तरिम संविधान २०६५ मा उल्लेख गरेर आधिकारिकता दिलाई विधर्मीहरुलाई बल प्रदान गरेको छ । नेपाली जनताको मत नबुझि लादिएको धर्मनिरपेक्षता केवल राजनीतिक घेराबन्दी बाट गरिएको भन्ने कुरा नेपाली जनताले प्रष्ट बुझेका छन् ।
नेपाली समाज यहाँको संस्कृति,परम्परा र संस्कार कतै न कतै सनातनधर्मसंग जोडिएको छ । त्यसले गर्दा पनि नेपाली समाजमा धर्मनिरपेक्षता फेल खादै गएको छ । नेपाली राजनीतिले धर्मलाई अपव्याख्या गरि विधर्मीहरुलाई प्रोत्साहन दिने गरेको देखिन्छ । धर्म एउटा सनातनीय विधान हो । जुन मानव मात्रको नभई समग्र जीव र जगत्को सञ्चालनको मुख्य आधार हो । धर्म बिना कुनै पनि विषय वस्तु रहन सक्दैन । तसर्थ यो मुलुकमा धर्म निरपेक्षता लादिनुको कुनै अर्थ छैन । किनकी सनातन धर्म आफैमा उदार, सहनशील र कर्तव्यनिष्ठतथा लोकउद्धारक छ ।
नेपालको यो स्वभावले विश्वले नेपालको धार्मिक सहिष्णुतालाई महत्वपूर्ण ढङ्गले हेर्ने गरेको छ । विश्वकै नजरमा सुन्दर देश, प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश, सनातनीय संस्कारको खानी मुलुक, शालीन र सभ्य जनता भएकै आधारमा विश्वभरिका हरेक धर्मावलम्बीहरुको पर्यटकीय भूमि गनिएको छ । पर्यटकको रुपमा आवज जावत गर्न कुनै पनि देशका धर्मावलम्बीहरुलाई छेकवार गरिएको छैन । त्यसैले मौलिक धर्मको संरक्षणको निम्ती धर्मनिरपेक्ष राष्ट्रघोषणागरिनु अनुचित ठहर भइसकेको छ । धर्म सधै सापेक्ष हुन्छ । निरपेक्षताको अर्थ उदासीन या वेवास्ता भन्ने बुझिन्छ । धर्मसापेक्ष भित्र राज्यले कस्तो नीति लिने भन्ने मात्र हो । धर्मनिरपेक्षता स्वयंमा विवादित शब्द हो । यसलाई संस्थागत गरिनु आज देशको लागि घातक सिद्ध भईरहेको छ । धर्मनिरपेक्षताले भारत चरम विवादास्पद अवस्थाबाट गुज्रिरहेको छ । परापूर्वकाल देखि मान्दै आएको हिन्दु धर्म संस्कृतिका अनुयायी नेपालीहरुले निरपेक्षतालाई आफ्नो ठानेका छैनन् ।
अहिले नेपालमा सत्ता लत्ता र भत्ताको लोभमा फँसेको कुर्सीमुखी राजनीतिले प्रश्रय पाइरहेको छ । त्यसैको शिकार हुन पुग्यो सनातनधर्म । धर्मलाई निरपेक्ष भन्नु जरुरी थिएन, सापेक्ष नै मान्नुपथ्र्याे । किनकि धर्मले नै सबैको अस्तित्व स्वीकार गर्छ, अधर्मले हैन । राज्य नै धर्मनिरपेक्ष हुनुको अर्थ राज्य सञ्चालकले आफ्नो दायित्वलाई वेवास्ता गर्नु नै हो । यसैको परिणाम राज्य सञ्चालकहरु जनता प्रति कुनै रूपमा पनि उत्तरदायित्व बहन गरिरहेका छैनन् । सर्वत्र शोषण, भ्रष्टाचार, विकृति र विधर्मीहरुको व्यापक चलखेल गर्ने मौकाले प्रश्रय पाईरहेको छ । विदेशबाट प्रकाशित गार्जियन पत्रिकाले समेत धर्मनिरपेक्ष घोषणा पश्चात्का समयलाई धर्मपरिवर्तनको स्वर्णयुगको रूपमा व्याख्या गरेको थियो । वास्तवमा भन्ने हो भने न त इसाई नै धर्मनिरपेक्ष छन् न मुसाई नै । किनकि धर्म देखि नै निरपेक्षले धर्म मान्ने त कुरै आउँदैन । वास्तवमा भन्नुपर्दा धर्मपरिवर्तनकारीहरुलाई धर्मपरिवर्तन गर्न सघाउनको लागि मात्र धर्मनिरपेक्षता लादिएको भन्ने जगजाहेर नै छ । अन्यथा धर्मनिरपेक्षता नै विकासको साधक हो र धर्मसापेक्षता चैं विकासको बाधक हो भन्ने पुष्टि कोही कसैले गर्न सकेका छैनन् । बरु धर्मनिरपेक्ष पश्चात् व्यक्ति स्वयंले पनि पाप र पुण्य विर्सिए पछि अधर्मको बोलबाला त हुने नै भयो । अहिले त्यहि भइराखेको छ ।
धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता नामको जालो केवल नेपालको मौलिकतालाई सखाप पारी विधर्मीहरुलाई धर्मपरिवर्तन गराउने माध्यम सिवाय अरु कुनै ठोस कारण कसैले पनि प्रष्ट्याउन सक्ने आधार नै छैन । आशा गरौं सबै जनताले यो धर्मनिरपेक्षताको जालोलाई च्यातेर खोलामा बगाईदिने वातावरण बनोस् र यो वातावरण तपाई हामीले नै तयार गर्नुपर्दछ । अन्यथा हाम्रा भावी पुस्ताले हामीलाई अवश्य धिक्कार्ने छन् । अस्तु ।।
अमूर्तलाई चिन्न, जान्न, बुझ्न र स्मरण गर्न सजिलो होस् भनी बनाएका आकार नै मूर्ति हुन् । मूर्तिले अदृश्यलाई देखाउँछ, अज्ञातलाई बुझाउँछ, अगम्यलाई बोध गराउँछ । याद गर्न सजिलो होस्…
थप पढ्नुहोस्हिन्दु जागरण नेपाल नेपालमा हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सक्रिय एक सामाजिक–धार्मिक संगठन हो। यसको महत्त्व निम्न बुँदामा बुझ्न सकिन्छ: १.
थप पढ्नुहोस्
पुराण हिन्दू धर्मका प्राचीन धार्मिक ग्रन्थहरू हुन्। यी ग्रन्थहरू संस्कृत भाषामा लेखिएका छन् र देवदेवी, सृष्टिको उत्पत्ति, राजाहरू, ऋषिमुनि, तथा धर्म–कर्मका कथाहरू समेटिएका छन्।…
थप पढ्नुहोस्